Rule 13
नेपाल प्रताप सुभूषण
(१) आतङ्ककारी गतिविधि वा दङ्गा नियन्त्रण गर्ने कार्यमा उल्लेख्य कार्य गर्ने, गम्भीर प्रकृतिको अपराध नियन्त्रण एवं अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्ने, आफ्नो सेवाप्रति अत्यन्त निष्ठावान् भई आफू कार्यरत सङ्गठनको नाम उच्च राख्न उल्लेख्य योगदान दिने प्राकृतिक प्रकोप वा महामारीमा पीडितहरूको उद्धार, राहत एवं व्यवस्थापन वा जोखिम न्यूनीकरण गर्ने कार्यमा उल्लेख्य योगदान पु¥याउने प्रहरीलाई नेपाल प्रताप सुभूषणको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ ।